आर्मीको सहज जित
सोमबार, ०५ चैत्र २०८०खेलपाटी संवाददाता
फाइल तस्बिर
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा न्युटन क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न पुरुषतर्फको खेलमा आर्मीले न्युटन क्लबलाई ३-० को साझो सेटमा पराजित गरेको हो। आर्मीले २५-१५, २५-१२, २५-२० ले न्युटनलाई पराजित गर्यो।
जितसँगै समूह ‘डी’ को आर्मीले २ खेलमा ६ अंक जोडेको छ। पराजित न्युटन अंकविहिन छ।

















