महिला भलिबल टिमलाई रामपुरको सम्मान
पाल्पा । पाल्पा जिल्लाको रामपुर नगरपालिकाले लुम्बिनी महिला भलिबल टिमलाई नगद सहित सम्मान गरेको छ ।
बिहीबार नगरपालिकामा कार्यक्रमको आयोजना गरेर रामपुर नगरपालिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नगद सहित सम्मान गरेको हो ।
रामपुरमा भएको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेल्न लुम्बिनीको महिला टिम पाल्पामा रहेको थियो ।
नगर प्रमुख रमणबहादुर थापाले खेलाडी तथा अफिसियललाई नगद १५ सय रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेका थिए ।
नगरप्रमुख थापाले रामपुरले आगामी दिनमा विभिन्न खेल प्रतियोगिता गर्ने र पूर्वाधार बनाउने लक्ष्य राखेको बताए ।
'लुम्बिनी कप भलिबलले यस क्षेत्रलाई देश विदेशमा पहिचान दिलाएको हुदाँ र महिला खेलाडीको मनोबल बढाउन सम्मान कार्यक्रम गरिएको हो ।' नगर उपप्रमुख बालकुमारी थापाले भनिन्, 'महिलाले हिजोको भन्दा धेरै प्रगती गर्दैछन् ।'
उनले आफुपनि पहिले भलिबल खेलाडी रहेको हुदाँ यस क्षेत्रको समस्या तथा चुनौतीको राम्रो अनुभव रहेको बताईन् ।
पाल्पा जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद परिषदले मुख्य प्रबर्द्धकको रुपमा सहयोग गरेको थियो ।









-1762302250964.webp&w=3840&q=75)





