• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
उपाधि खडेरी तोड्न कोरियाले पाएको उत्कृष्ट जोडी
खेलपाटी संवाददाता
बिहीबार, माघ ४, २०८० खेलपाटी संवाददाता
उपाधि खडेरी तोड्न कोरियाले पाएको उत्कृष्ट जोडी

काठमाडौं । बुन्डेसलिगामा ह्याम्बर्ग र बायर लेभरकुजनका लागि खेल्दानै सन ह्युङ–मीन एसियाली फुटबलकै अर्का ठूला खेलाडी भइसकेका थिए । प्रिमियर लिग क्लब टोटेनहम पुगेपछि उनीप्रति दक्षिण कोरियाको तेस्रोपल्ट एएफसी एसियन कप च्याम्पियन बन्ने आशा र भरोसा सँधै रहँदै आएको छ ।

अहिलेसम्म तीनपल्ट सनको प्रयास असफल भइसक्यो । उमेरले ३० वर्ष लागेपछि उनलाई अवसर कम हुँदै जाँदैछ । त्यसैले कतारमा भइरहेको एसियन कप उनका लागि दक्षिण कोरियालाई सन् १९६० यता पहिलोपल्ट महादेसीय च्याम्पियन बनाउने अन्तिम अवसर हुनसक्छ ।

समूह ‘ई’ मा रहेको कोरियाले सोमबार बहराइनलाई ३–१ ले हराएको थियो, जसमा कप्तान सन अन्तत कोरियाली टिममा एक्ला विश्व स्तरीय खेलाडी देखिएनन् । पछिल्ला दशक कोरियाली टिममा युरोपेली लिगका खेलाडीको बाहुल्य रहेको छ, जसले टिमलाई साधै बलियो पारेको छ । पूर्वकप्तान कु जा–चोल र कि सुङ–युङदेखि अहिलेका ह्वाङ हि–चान, ह्वाङ इन–बुम र ली जाए–सुङले साधै आ–आफ्ना भूमिका निर्वाह गर्दै टिमलाई कहिल्यै कमजोर हुन दिएका छैनन् । तर, उनीहरू ‘गेम चेन्जर’ भने भएका छैनन् ।

तर, सोमबार बहराइनले सनलाई यसरी आकर्षित गऱ्यो कि उनलाई दुई–तीन जना प्रतिस्पर्धीले निगरानी गर्नुपऱ्यो । त्यसको उपयोग गर्दै ली काङ–इन अगाडि बढे । ह्वाङ इन–बुमले गोलको खाता खोलेपछि दोस्रो हाफको छैटौं मिनेटमै अब्दुल्लाह अल हासाले बराबरी गरेका थिए । तर, बराबरीको पाँच मिनेटमै लीले उत्कृष्ट गोल गर्दै कोरियालाई फेरि अग्रता दिलाएका थिए । फेरि लीले ६८ औं मिनेटमा गोल गरेपछि ताएगुक वरियर्सले राहतको श्वास फेर्न पाएको थियो । उनको यो गोल पनि उत्कृष्ट फिनिसिङको नमूना थियो । यसले उत्कृष्ट प्रदर्शन गर्नसक्ने योग्य खेलाडी भएको मात्रै पुष्टि गरेन कि उनले सनका लागि दुईपल्ट लोभलाग्दा पास पनि दिएका थिए ।

स्पेनी ला लिगा क्लब भ्यालेन्सियादेखि नै ली काङ–इनको क्षमतालाई लिएर चर्चा भइरहेको थियो । गत वर्ष प्लेमेकरको रुपमा स्थापित हुँदै फ्रान्सको लिग वानको पावरहाउस पेरिस सेन्ट–जर्मेन पीएसजी पुगेपछि उनी अझै माथिल्लो तहमा पुगे । उनी टिन एजमा छंदै सन् २०१९ मा कोरियाको सिनियर टिममा संलग्न भएका थिए । उनको कोरियाका पूर्वप्रशिक्षक पाउलो बेन्टोसँग समस्या थियो र बेन्टोले एटिट्युड र फिटनेस लेवल नभएको भन्दै युवा स्टारप्रति गुनासो गरेका थिए ।

त्यसैले ली पछिल्लो विश्वकपलगायतमा धेरै समय बेन्चमै रहेका थिए । तर, उनी मैदानमा उत्रने अवसरको व्यग्र प्रतीक्षामा थिए । उनले बेन्चमा छँदा पनि सँधै प्रेरणा लिइरहे । अन्तत उनले पहिलो रोजाईमै खेल्न पाए, जुन खेलमा पोर्चुगलमाथि २–१ को जित दर्ता गर्दै कोरिया विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको थियो । अहिलेका प्रशिक्षक जर्गेन क्लिन्सम्यानसाग लीको त्यस्तो कुनै समस्या छैन । सोमबार सनलाई असफल सावित गरेको खेलमा कोरियाली टिमले लीजस्ता अर्का उत्कृष्ट खेलाडीको प्रतिक्षा गरिरहेको थियो र यसमा टिम धन्य रह्यो ।

र, सनले उत्कृष्ट लय समातेको अवसरमा कोरिया प्रतियोगितामा अगाडि बढ्ने छ, जुन बेला टिमको अग्रपंक्तिमा गतिशील जोडी हुने छ, जसले कोरियालाई ६४ वर्षपछि एसियन कप च्याम्पियन बनाउन सक्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP