टाइगर कप : पुलिसमाथि एपीएफको जित
सोमबार, माघ १, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । नेपाल एपीएफ क्लबले राष्ट्रिय भलिबलमा ब्यहोर्येको हारको बदला लिएको छ ।
सोमबार भएको टाइगर कप अन्तर्गत पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराएको हो ।
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुलिसले एपीएफलाई हराएको थियो । तर, यसको बदला भने एक साता नबित्दै एपीएफले लिएको छ।
पोखरा रंगशालामा पहिलो सेट २५–१९ ले जितेको एपीएफले दोस्रो सेटमा ३३–३१ को जित निकाल्न सफल भयो ।
एपीएफले अन्तिम तेस्रो सेट २५–१७ ले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
एपीएफले यो जितसँगै ३ अंक जोडेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


