टाइगर कपः पुलिसमाथि एपीएफको जित
सोमबार, माघ १, २०८०मनोज थापा (हिमालयन मनोज)

पोखरा । नेपाल एपीएफ क्लबले टाइगर कप महिला भलिबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ सेटले हराउँदै पहिलो जित दर्ता गरको हो ।
एपीएफले लगातार दुई सेट जित्दा तेस्रो र चौथो सेट भने गुमाएको थियो । अन्तिम सेटमा भने बाजि मार्न सफल भयो ।
पहिलो सेटमा २५–१८ को जित निकालेको एपीएफले दोस्रो सेट पनि २५–१८ ले जित्यो । तेस्रो सेटमा पुलिसले २५–१९ ले जित्दा चौथो सेट २५–१८ ले जित्यो ।
अन्तिम सेटमा एपीएफले १५–१३ को जित निकाल्यो । जितसँगै एपीएफले २ अंक जोडेको छ । पराजित पुलिसको १ अंक छ ।
खेलको ‘प्लेअर अफ दी म्याच’ एपीएफकी सरस्वती चौधरी चुनिइन् ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)