• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
टाइगर कप : उद्घाटनमा गण्डकी र आर्मी भिड्ने 
मनोज थापा (हिमालयन मनोज)
आइतबार, पुस २९, २०८० मनोज थापा (हिमालयन मनोज)
टाइगर कप : उद्घाटनमा गण्डकी र आर्मी भिड्ने 

पोखरा । चौथों संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजकले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने जानकारी दिएको छ । 

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ गतेदेखि ६ गते सम्म हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी पक्का भएको हो । 

देशकै ठूलो धनराशी पुरस्कार भएको प्रतियोगिताको उद्घाटन खेल दिउसो साँढे १ बजे सुरु हुनेछ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले सम्पूर्ण तयारी पुरा भएको जनाउँदै पोखरा रंगशालामा आउन दर्शकलाई आह्वान गरेका छन् ।  

अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ भने सहभागि सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन् ।

खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुने आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक पोखरा आएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत तीन जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघसंगै तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन माघ १ गते ३ गतेसम्म हरेक दिन महिलातर्फ दुई र पुरुषतर्फ गरी चार खेल हुनेछन् । 

महिलातर्फ पहिलो दिन माघ १ गते विभागीय टोली एपीएफ क्लवले नेपाल पुलिस क्लवको सामना गर्ने छ भने दोश्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवबीच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्हमा दुई विभागिय टोली एपीएफ क्लव र नेपाल पुलिस क्लवबीच हुनेछ । सो खेल लगतै उद्घाटन खेल सुरु हुने छ । 

माघ २ गते महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लव र हरियाणा टिम भारतबीच हुनेछ । त्यस्तै पुरुषतर्फको पहिलो लिग खेल श्रीलंका आर्मी टिम र एपीएफ क्लव तथा दोश्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवबीच हुने भएको छ ।

माघ ३ गते महिलातर्फ एपीएफ क्लव र गण्डकी प्रदेशबीच खेल हुने छ भने दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवले हरियाणा पुलिस क्लवको सामना गर्नेछ ।  पुरुषतर्फ सोही दिन लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लव र श्रीलंका आर्मी टिमका बीच तथा दोश्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश आमने सामने हुनेछन् । 

खेल तालिका अनुसार माघ ४ गते महिला र पुरुष दुबैतर्फ सेमिफाइनलका खेलहरु सञ्चालन हुनेछन् भने माघ ५ गते तेश्रो र चौथो हुने टिमको टुङ्गो लाग्नेछ । माघ ६ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने छ । 

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संस्थाका अध्यक्ष शर्माले जनाएका छन् । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद रु २५–२५ हजार ट्रफीका साथमा प्रदान गरिने छ भने अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई एक्सटेपको १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । 

चौथो टाइगर कप सफलता पूर्वक सम्पन्न हुनेमा अध्यक्ष शर्माले विश्वास व्यक्त गर्दै सहयोगका लागि सबै संग आग्रह गरेका छन् । 

प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड १५ लाख भन्दा बढि खर्च हुने आयोजकले जनाएको छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP