पुलिस राष्ट्रिय पुरुष भलिबलको च्याम्पियन
बिहिबार, पुष २६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । विभागी टोली नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बिहीबार भएको फाइनलमा एपीएफलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
सुर्खेतस्थित खुल्लामञ्चको कोर्टमा पहिलो सेट २५–२२ ले जितेको एपीएफले तगातार तीन सेट गुमायो ।
दोस्रो सेटबाट पुलिसले पुनरागमन गर्यो । पुलिसले दोस्रो सेट २५–१९ मा जित्दा तेस्रो सेटमा २५–१८ मा आफ्नो बनायो ।
निकैनै रोमाञ्चक बनेको खेलको चौथो सेटमा २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बनेको छ ।
#पुलिस च्याम्पियन













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)