शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

एनएसएलका क्लबसँग नेपाली फुटबलका अपेक्षा

शुक्रबार, पुष १३, २०८०हिम बिक्रम केसी
एनएसएलका क्लबसँग नेपाली फुटबलका अपेक्षा
Classic Tech Internet Ad

काठमाडौं । फ्रेन्चाइज फुटबल एनएसएल दोस्रो संस्करणको संघारमा छ । फाइनल खेल शनिबार छ । जसरी प्रतियोगिता समापनको संघारमा छ, सफलतापूर्वक आयोजना भएकै देखिन्छ । एनएसएललाई नेपाली फुटबलको अबको नयाँ गन्तब्यको रुपमा हेरिएको थियो । एनएसएल त्यहाँसम्म पुग्छ वा हराउँछ समिक्षा गर्न हतारनै हुनेछ । एनएसएल जसरी फैलन सकेको छैन, केही आन्तरिक, धेरै बाह्य कारण प्रधान छन् । यस विषयको चर्चा अर्को पटक गरौला । 

दोस्रो संस्करणको एनएसएलको सफलता भनेकै यसको आयोजना हो । घरेलु फुटबल लिग अनिश्चित बनिरहेको समय यसको आयोजनालाईनै धेरैले सफलता मानेका छन् । फुटबल बनाउने र चलाउने जिम्मेवारी पाएकाहरु घरझगडामै ब्यस्त छन् । धन्न एनएसएलको रौनकमा फुटबलभित्रका विवाद केही छिनलाई पनि मथ्थर भए । अर्थतन्त्रका सुचक राम्रो नभएको अवस्थामा समेत ९ वटा टिमहरु आएर खेलाडीमाथि लगानी गरे, फुटबलमा पैसा खन्याए । एनएसएलको सुन्दर पक्ष यही हो । 

नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले धेरैनै बदनाम कमाइसक्यो । यसका आन्तरिक विवाद र कार्यशैलीले फुटबललाई माया गर्ने कसैको पनि दिल खुस गर्दैन । जे जति फुटबलमा लागेका छन्, ती निराशा मात्र ब्यक्त गर्छन् । राष्ट्रिय फुटबल टिम खेलाडीका लागि अहिले अष्ट्रेलियाको भिषा लाग्ने ‘गेट–वे’ जस्तो बनेको छ । अवस्था निकै दयनिय छ । फुटबल त क्यालेन्डरमा चल्ने खेल हो । यस वर्षको ए डिभिजन लिग के हुने हो, पत्तो छैन । नेपाली फुटबलको, एन्फाको, यसमा राजनीतिक गर्नेको खराब कुरा जतिनै गरेपनि सकिदैन । 

अब एनएसएलमा लगानी गर्ने क्लबको कुरा गरौं । 

एनएसएलमा लगानी गर्ने जति पनि कर्पोरेट छन्, ब्यक्ति छन्, अधिकांश फुटबलसँग आबद्ध ब्यक्ति हैनन् । तीसँग थोर–बहुत स्रोत छन्, अनि फुटबलप्रतिको अपार माया छ । फुटबलप्रतिको अपार मायालेनै उनीहरुले एनएसएलमार्फत लगानी गरेका छन् । नत्र धगनढीमै समय पाउन मुस्किल पर्ने सुबास शाही महिना दिनदेखि काठमाडौंमा बसेर धनगढी एफसीलाई चियर्स गर्न रंगशाला पुग्न कसरी भ्याएका होलान् ? ललितपुर सिटी एफसीका कल्याण गुरुङ र उनको टिम होस् वा चितवन एफसीका मालिक सचिन ढकालले दर्शक प्यारापिटमा गर्ने सेलिब्रेसननै अबको नेपाली फुटबलका सम्भावना हुन् । उनीहरुको लगानी, भावनालाई सहि दिशा दिन सकियो भने मात्र एनएसएल सफल हुन्छ, नेपाली फुटबल अर्को स्तरमा जान्छ । 

एनएसएल शनिबार सकिदै गर्दा, त्यसपछि के ? मुख्य प्रश्ननै यही हो । 

एनएसएलका क्लब महत्वकाक्षी छन् । यसका कुनै दुईमत छैन । एन्फासँगको पहिलो सम्झौता हेर्दानै यसबारे प्रस्ट हुन्छ । एन्फाको नयाँ नेतृत्वसँग कस्तो सम्झौता भएको छ, बाहिर आएको छैन । मुख्य कुरा एनएसएलका क्लबलाई मुलधारको नेपाली फुटबलको संरचनाभित्र नछिराएसम्म यसको विकास र परिवर्तनपनि सम्भव छैन । नेपाली फुटबल चाहन्छ, फ्रेन्चाईज फुटबल क्लबहरु एनएसएलमा मात्र सिमित नहुन्, यिनीहरु अझ फैलियुन् । हो, फ्रेन्चाईज फुटबल क्लबलाई नेपाली फुटबलको मुल संरचनामा छिराउने एन्फासँग कुनै योजना छैन । एन्फा अझै एनएसएल र यसका क्लबलाई ‘सौतेनी’ दृष्टिकोणलेनै गर्छ । एनएसएसका फ्रेन्चाईज क्लबहरु, नेपाली फुटबल विकासको हिस्सा हुन् भन्ने चेत फुटबल चलाउने एन्फामा अझै आउन सकेको छैन । थाहा छैन, त्यो आउन कति समय लाग्छ । 

तर नेपाली फुटबलको मुल संरचनामा छिर्ने एउटा बाटो भने ‘क्लियर’ छ । एन्फाले हरेक वर्ष सी छनोट, सी डिभिजन, बी डिभिजन हुदै ए डिभिजन फुटबल सञ्चालन गर्ने गर्छ । नेपाली फुटबलको मुल संरचनामा छिर्ने भनेकै सी छनोट खेलेर हो । र नेपाली फुटबलमा अर्को संरचना नबनेसम्म फ्रेन्चाईज क्लब मुलधारको फुटबलमा छिर्ने भनेकै सी छनोटको ढोकाबाट हो । अहिलेको अवस्थामा यही ढोकाबाट छिरेको खण्डमा मात्र फ्रेन्चाईज क्लब चलाउने संस्था, नेपाली फुटबल, खेलाडी, प्राविधिक र समग्र देशको फुटबलको भविष्य उज्वल छ । नत्र एनएसएल फुटबलका लागि दुई महिनामा तीन करोड खर्च गर्ने क्लब भोलि शनिबारपछि रंगशाला बाहिर रहने अनि लिग फुटबलनै खेल्न नपर्ने-खेल्न नमान्ने क्लबका पदाधिकारीले एन्फामा ‘रजगज’ गर्ने दृष्य नेपालको भावी पुस्ताले समेत देखिनै रहनेछ । 

नेपालको फुटबल परिवार चाहन्छ, फ्रेन्चाईज क्लबहरु सी छनोट खेल्दै नेपाली फुटबलको मुल संरचनामा छिरुन् । उनीहरु सी हुँदै बी र बी हुँदै ए डिभिजनमा समेत उपस्थिती जनाउन् । विस्तारै फुटबललाई लगानी गर्ने क्लबनै नेपाली फुटबल कब्जा गरुन् र नेपाली फुटबललाई एउटा उच्चतम व्यवसायीक खेलको रुपमा विकास गरुन् । एनएसएल त शनिबारबाट सकिन्छ, तर फ्रेन्चाईज क्लबहरुले शनिबार पश्चात फुटबललाई एउटा ‘परियोजना’ बनाएर काम गरुन् । 

कर्पोरेटले फुटबलको ‘गुदी’ नबुझ्न सक्छन्, तर एउटा उदाहरणबाट बाटो देख्न सक्छन् भनेर मुलधारको फुटबलमा सजिलै पुग्न सकिने एउटा आर्थिक हिसाब यहाँ प्रस्तुत गरेको छु । एउटा क्लब सी डिभिजनमा पुग्न र ए डिभिजन जित्न कति पैसा चाहिन्छ भन्ने औसत हिसाब यस्तो छ । 

गत वर्ष चर्च ब्वाईज युनाईटेडले ए डिभिजन लिगको उपाधि जित्यो । चर्च ब्वाईजले लगातार सी डिभिजन हुँदै ए डिभिजनको च्याम्पियन क्लब बन्न सफल भएको थियो । चर्च ब्वाईजकै उदाहरण लिने हो भने क्लबले सी डिभिजनमा छनोट हुन झण्डै १५ लाख खर्च गरेको थियो । 

नेपालमा कुनैपनि संस्था वा ब्यक्तिले करिब १५ लाख नेपाली रुपैयाँ खर्च गर्यो भने उसको क्लब सी डिभिजनमा छनोट हुने देखिन्छ । चर्च ब्वाईजकै उदाहरण हेरेर सीबाट बी डिभिजनमा चढ्दा क्लबले करिब २२ लाख खर्च गरेको देखिन्छ । बी डिभिजनबाट ए डिभिजन चढ्दा झण्डै ४० लाख रुपैयाँ क्लबले खर्च गरेको छ । चर्चले सरदर २ करोड रुपैयाँ खर्च गरेर पहिलो सिजनमै ए डिभिजन लिगको च्याम्पियन बन्न सफल बन्यो ।

चर्च ब्वाईजको उदाहरणबाट प्रस्ट हुन्छ, राम्रो व्यवस्थापनमा करिब २ करोड ७७ लाख खर्च गरेको खण्डमा एउटा क्लब सी डिभिजन छनोट हुँदै ए डिभिजनको च्याम्पियन बन्न सक्छ । ए डिभिजनको च्याम्पियन बन्ने अवस्थासम्म पुग्दा क्लबले एन्फाबाट तयारी खर्च वापतको रकम, पुरस्कार र प्रायोजकबाटै ३ करोड भन्दा बढी आम्दानी गर्छ । 
जब ए डिभिजनमा फ्रेन्चाईज क्लब (नीजि क्लब) पुग्छन्, बीमा रहन्छन्, सी डिभिजन खेल्नछन् । त्यसपछि यिनैले एन्फा बनाउछन्, फुटबल चलाउँछन् । अनि बल्ल नेपाली फुटबल सबैले चाहेको जस्तो बन्छ । कुनैपनि नीजि क्षेत्र र ब्यक्तिको लगानी नेपाली फुटबलमा यसरी आओस् भन्ने चाहना नेपाली फुटबलले गरेको छ । 

फुटबल भावना मात्र हैन, यो ग्लोबल बिजनेश हो । नेपाली फुटबलले कर्पोरेट क्षेत्रबाट, नीजि ब्यक्तिसँग मागेको मात्र छैन, दिन चाहन्छ । अझ झोला भरेर । के कर्पोरेट क्षेत्रबाट फुटबलमा लगानी गरेकाहरु तयार छन् त ? के फ्रेन्चाईज फुटबल क्लबहरु तयार छन् ? 

नेपाली फुटबलको सिंङ्गो परिवार यसका लागि सहयोग गर्न तयार छ । 

चर्च ब्वाईजलाई सी डिभिजन हुँदै ए डिभिजनको च्याम्पियन बनाउन व्यवस्थापकको रुपमा काम गरेका बिक्रम लामा भन्छन्, ‘फुटबलमा ‘चार्म’ ल्याउन र व्यवसायीक बन्न सक्ने सम्भावना एनएसएलले देखाएको छ । तर नेपाली फुटबलको विकास गर्ने हो भने फ्रेन्चाइज क्लब मुलधारको संरचनामा छिर्नै पर्छ ।’ 

‘बाहिर बसेर फुटबल मात्र खेल्छौं । अरु केही छैन भन्ने हो भने ठिकै छ । तर अघि जानका लागि योजनाका साथ फुटबलका फ्रेन्चाईज क्लबहरु आउनुपर्छ ।’ पूर्व राष्ट्रिय खेलाडी तथा कप्तान समेत रहेका बिक्रम भन्छन् । 

‘क्लबहरुले एकेडेमी संरचना बनाएर अघि बढेको खण्डमा नेपाली फुटबललाई पनि ठुलो टेवा पुग्छ । फ्रेन्चाईज क्लबले स्रोत जुटाउन सक्छ । क्लब फुटबललाई होम एण्ड अवेमा लान सकिएको खण्डमा आम्दानीको आधार पनि बन्छ । नेपाली फुटबलमा बिजनेश गर्न सकिने ठुलो ‘होल’ छ । सामुदायीक क्लबले लिन सकेका छैनन् । यो नीजि क्षेत्रलाई अवसर पनि हो ।’ फुटबल खेलाडी संघका अध्यक्ष समेत रहेका बिक्रमले भने । 
 

Bajaj Pulsar Motorcycle Ad
#एनएसएलका क्लब

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

Bajaj Pulsar Motorcycle Ad
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक