काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा सोमबार काठमाडौं रेजर्स र एफसी झापा भिड्दैछन् ।
प्रतियोगिताको तेस्रो खेलमा दुवै टिम भिड्न लागेका हुन् । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
साविक विजेता काठमाडौंले इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा एफसी चितवनसँग काठमाडौंले अंक बाँडेको थियो । तेस्रो खेलमा झापालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर काठमाडौंसँग छ ।
घरेलु फुटबलका परिचित अनुहार र राम्रा विदेशी खेलाडीको संयोजनले काठमाडौंले आफुलाई दोस्रो सिजनको उपाधि दाबेदार मानेको छ । घरेलु फुटबलका हाई–प्रोफाइल प्रशिक्षक बालगोपाल महर्जननै टिमका मुख्य हतियार हुन् ।
नवप्रवेशी झापाले एनएसएलमा राम्रो सुरुवात गर्न सकेन । पूर्वेली डर्बीमा इलामसंग खेल गुमाएको झापाले दोस्रो खेलको अन्तिम मिनेटमा गोल गर्दै पोखरा थन्डर्ससँग बराबरी खेलेको थियो । घरेलु फुटबलका स्टार अनुसार झापासँग छ, तर पनि टिम पहिलो जित निकाल्नै संघर्ष गरिरहेको छ ।
गत सिजनको लिगका स्टार खेलाडी लाकेन लिम्बु प्रतियोगिता अघिनै घाईते हुनुले झापालाई ठुलो झट्का दियो । तर आभास लामिछाने लगायतका खेलाडीबाट झापाले नतिजा निकाल्न सकेको छैन ।
काठमाडौं ४ अंक सहित तालिकाको चौथों स्थानमा छ भने झापा १ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।