काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आईतबार स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी एफसी भिड्दैछन् ।
काठमाडौंको दशरथ रंगशालामा हुने खेल साँझ साँढे ५ बजे सुरु हुनेछ ।
दुवै टिम प्रतियोगिताको तेस्रो खेलमा मैदान उत्रदैछन् ।
दुई खेलको समाप्तिमा बुटवल लुम्बिनी अंक विहीन छ । अघिल्लो सिजन सूपर फोरमा पुगेको लुम्बिनीले दोस्रो खेल सकिदाँसम्म एक अंक समेत जोड्न सकेको छैन ।
एरिक विष्ट नेतृत्वको बुटवलसँग घरेलु फुटबलका परिचित अनुहार टिममा समावेश छन् । तरपनि अंक जोड्न बुटवलको संघर्ष देखिन्छ ।
स्पोर्टिङ इलामले पहिलो खेल डिफेन्डिङ च्याम्पियन काठमाडौंसँग गुमायो । तर पूर्वेली डर्बीमा झापामाथि जित निकाल्दै इलामले खेलमा फर्किएको संकेत गरेको थियो । इलामका लागि सबैभन्दा राम्रो पक्ष भनेकै खेलाडीबीच सुधारिएको तालमेलनै हो ।
बुटबल २ खेलबाट शुन्य अंक सहित तालिकाको पुछारमा छ । इलाम ३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।