काठमाडौं । रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार ग्रानाडालाई २–० ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
रियल मड्रिडको जितमा ब्राहिम डियाज र रोड्रिगोले एक एक गोल गरेका थिए ।
डियाजले २६ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । टोनी क्रुजले उपलब्ध गराएको उत्कृष्ट पासमा डियाजले गोल गरेका थिए ।
रोड्रिगाले ५७ औं मिनेटमा दोस्रो गोल गर्दै रियललाई २–० को जित दिलाएका थिए ।
कार्लोस एन्सेलोटीको टिमले सबै प्रतियोगितामा लगातार पाँचौं जित निकाल्न सफल भएको छ ।
रियल यस सिजन घरेलु मैदानमा हारेको छैन । उसले भिनिसियस जुनियर, लुका मोड्रिच र कामाभिङ्गालाई चोटका कारण गुमाएके छ । तर गोल अन्तरका आधारमा रियलले शीर्ष स्थान कब्जा गरेको छ ।
शीर्ष स्थानको रियल मड्रिडको ३८ अंक भएको छ । समान अंक भएको गिरोना दोस्रो र ग्रानाडा ७ अंक सहित रेलिगेशन जोनमा छ ।