काठमाडौं । यूरो कप २०२४ को समूह विभाजन सहित खेल तालिका सार्वजनीक भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएको छ ।
समूह एमा जर्मनी, स्कटल्याण्डसँगै हंगेरी र स्विटजरल्याण्ड छन् ।
समूह बीमा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया छन् । यस समूहलाई प्रतियोगिताको ग्रुप अफ डेथ मानिएको छ ।
समूह सीमा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्ल्याण्ड छन् ।
समूह डीमा नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स र समूह प्लेअफ विजेता एलाई राखिएको छ ।
समूह ईमा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ विजेता बीलाई राखिएको छ ।
समूह एफमा टर्की, प्ले अफ विजेता सी, पोर्चुगल र चेज रिपब्लिक छन् ।
प्लेअफको विजेता ए समूहमा पोल्याण्ड, वेल्स, फिनल्याड र स्टोनिया छन् ।
प्लेअफ विजेता बीमा इजरायल, बोस्निया हर्जगोभिना र युक्रेन र आइसल्याण्ड छन् ।
प्लेअफ विजेता सीमा जर्जिया, ग्रिक, काजकिस्तान र लक्जमवर्ग छन् ।