काठमाडौं । नेपालको पुरुष फुटबलको फिफा वरियतामा दुई स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनीक गरेको वरियता अनुसार दुई स्थान तल झरेको हो ।
फिफा बिहीबार जारी वरियता अनुसार नेपला १ सय ७५ औं स्थानमा छ । यसअघिको नेपालको वरियता १ सय ७३ औं स्थानमा रहेको थियो ।
विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा यूएई र यमनसँग लगातार पराजय भोगेको नेपालको वरियता समेत घटेको हो ।
दक्षिण एसियामा नेपाल भन्दा माथि रहेको भारत १ सय २ औं स्थानमा, अफगानिस्तान १ सय ५८ औं स्थानमा र माल्दिभ्स १ सय ६१ औं स्थानमा छन् ।
नेपाल भन्दा तल रहेको बंगलादेशको १ सय ८३ औं स्थानमा, भुटान १ सय ८४ औं स्थानमा, पाकिस्तान १ सय ९५ औं स्थानमा र श्रीलंका २ सय ४ औं स्थानमा छ ।
विश्व वरियतामा अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा छन् । इङ्ल्याण्ड विश्व वरियताको तेस्रो स्थानमा उक्लिदा बेल्जियमले समेत चौथौं स्थानमा आफुलाई राखेको छ ।
विश्वकप छनोटमा लगातार तीन हार ब्यहोरेको ब्राजिल पाँचौं, नेदरल्याण्ड्स छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, इटाली नवौं र क्रोएसिया दशौं स्थानमा छ ।