बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

तेक्वान्दोका लिजेण्ड सविता र किशोर सम्मानित

शनिबार, ०२ मंसिर २०८०खेलपाटी संवाददाता
तेक्वान्दोका लिजेण्ड सविता र किशोर सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले शनिबार उनीहरुले प्राप्त गरेको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवै खेलाडीले तेक्वान्दोमा सफलता हात पारेका हुन् ।

उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन र हरिप्रभा खड्गी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले भनिमण्डलस्थित रामबाघ महलमा आयोजित एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सविता र उनका श्रीमान् किशोरले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा क्रमश रजत र कांस्य जितेका थिए । संयोगवश उनीहरु दुवै १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अहिलेको दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता पनि हुन् ।

एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जित्दै सविताको उपलब्धि बराबरी गरेकी थिइन् । यद्यपि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा पनि नेपालले रजत जितेको थियो ।

बैंकक एसियाडमा सविता र किशोरसहित ४ खेलाडीले पदक जितेका थिए । तेक्वान्दोकै सपना मल्ल तथा कराँतेका समरबहादुर गोलेले कांस्य जितेका थिए । उनीहरु सन् २००२ मा अमेरिका गएपछि पहिलोपटक नेपाल आएका थिए ।

Loading ad...
LiNing Ad
#सविता र किशोर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा