मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. ‘गोल्ड आउन नसक्ने भन्ने त रहेनछ’ 

‘गोल्ड आउन नसक्ने भन्ने त रहेनछ’ 

२०२३ अक्टोबर ७, शनिबारखेलपाटी संवाददाता

‘गोल्ड आउन नसक्ने भन्ने त रहेनछ’ 

काठमाडौं । नेपालको कराँतेका लागि शनिबारको दिन, ऐतिहासिक दिन । 

त्यो भन्दा नि एरिका गुरुङ र नेपालका लागि सम्झिरहने दिन ।

नेपालले १९ औं एसियन गेम्सको समापन समारोहको अघिल्लो दिन कराँतेबाट फाइनल खेल्यो । उपाधि भिडन्तमा नेपाल हारेपनि एरिका गुरुङले कराँतेका लागि रजत पदक हात पारिन् ।

प्रतियोगिताको सकिने दिन आउदै गर्दा नेपाली टोली लगभग धेरै खेलबाट आश मारिसकेको थियो । बंगलादेशलाई हराएर कबड्डीको महिला टिमले काँस्य जितेपनि अन्य खेलाडीको प्रर्दशन र नतिजा गर्व गर्न लायक केही थिएन ।

शनिबार कराँतेको ६८ केजीमाथिको तौल समूहको फाइनल खेल्दै एरिकाले नेपालको आशालाई एकाएक बढाईदिईन् । 

अनुभवले तिखारिएका खेलाडीसमक्ष एरिका फाइनलमा खासै जम्न भने सकिनन् । उनको पनि अनुभव र थोरबहुत क्षमताले मार त खायो । तर नेपाली कुनै खेलाडीले लामो समयपछि व्यक्तिगत स्पर्धामा रजत पदक जितेर नेपालको शान एसियाली एरिनामा चम्काएकी छिन् ।

‘उनीहरुको अनुभवल बोल्छ । मैले आफ्नो उत्कृष्ट दिएकै हो । उसले राम्रो खेल्यो । सायद म चुके हुला । त्यसलाई अब सुधार गर्नुपर्छ ।’ फाइनल गुमाएकी एरिकाले भनिन् । 

‘हार भन्दापनि मैले पाठको रुपमा लिएको छु । यसले प्रेरणानै दिन्छ ।’ एरिकाले थपिन्, ‘अब अझ कडा मेहनत गर्ने हो । धेरै कुरा सिकेको छु ।’ 

एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले नेपालले प्राप्त गरेको पदकमा खुसी ब्यक्त गरे । 

‘जोसँग फाइनल खेले । उनीहरुकै भिडियो हेरेर अभ्यास गरेका हुन् । चार–पाँच पटक विश्व नम्बर वान भएका खेलाडीलाई दबाबमा राखेर जसरी खेले, यसले हाम्रा खेलाडीमा क्षमता छ भन्ने देखिन्छ । यसलाई राखेप, सरकारले आगामी दिनमा निरन्तरता दिनुपर्छ ।’ कुशलले भने ।

‘अर्को पटक गोल्ड नआउने भन्ने त रहेनछ । आउन सक्ने रहेछ त । गोल्ड मेडल भन्दा एक स्टेप ब्याक थियौं । एकदमै खुसी लागेको छ ।’ कुशलले थपे ।  

नेपालको कराँते टिम जाकर्तामा लामो प्रशिक्षण पश्चात चीन लागेको हो । त्यसअघि नेपालको कराँते टिमले १० औं संस्करणको सितेरियो कराँते च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो । सोही प्रतियोगितामा नेपालकी एरिका गुरुङले नेपालका लागि स्वर्ण पदक जितेकी थिईन् । 
 

#एरिका गुरुङ
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित