एरिकाको रजत पदक पक्का, स्वर्णका लागि खेल्ने

काठमाडौं । १९ औ एसियाली खेलकुदको कराँतेमा नेपाली खेलाडी एरिका गुरुङले रजत पदक पक्का गरेकी छन् ।
उनको स्वर्ण जित्ने सम्भावना कायमै छ । ६८ किलो तौल समूहमा एरिकाले हङकङकी हो काइ यानलाई ८-४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
फाइनलमा उनले काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग प्रतिस्पर्धा गर्नेछन् । सो खेल जिते एरिकाले एसियन गेम्सको इतिहासमा नेपालका लागि इतिहास रच्नेछिन् ।
एरिका एसियाली खेलकुदमा रजत पदक जित्ने इतिहासमै दोस्रो खेलाडी भएकी छन् । यसअघि सबिता राजभण्डारीले तेक्वान्दोकीमा एसियाडमा रजत पदक जितेकी थिइन ।
यसअघि राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन ।
सन् २०१८ मा इन्डोनेसियामा भएको जकार्ता एसियाडमा प्याराग्लाइडिङको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो।
एरिकाले क्वाटरफाइनलमा जापानी खेलाडी स्वी युजुकीलाई हराउँदै एरिकाले सेमिफाइनलमा स्थान बनाएकी थिइन ।
फाइनल जितेमा एरिका एसियाली खेलकुदमा स्वर्ण जित्ने नेपालको पहिलो खेलाडी हुनेछन् । फाइनल खेल अहिले केहीबेरमा हुनेछ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







-1762660030983.webp&w=3840&q=75)