काठमाडौं । पहिलो संस्करणको के-नेप खुला फुटसल प्रतियोगिता आगामी असोज २० मा आयोजना हुने भएको छ ।
सफ्टोरिका कलेज अफ आईटी अर इ-कमर्स कलेजको आयोजनामा फुटसल प्रतियोगिता हुनेछ ।
विजेताले ६० हजार नगद सहित प्रमाण पत्र, ट्रफि र मेडल पाउँनेछन् । उपविजेताले ४० हजार नगद सहित प्रमाण पत्र, ट्रफि र मेडल पाउँनेछन् ।
प्रतियोगितामा सहभागी टोलीको संख्याका आधारमा पुरस्कार नगदमा हेरफेर हुनसक्ने आयोजकले बताएका छन् ।
प्रतियोगितामा सहभागीताका लागि १७ असोजसम्म टिम दर्ताको अन्तिम मिती रहेको छ ।
प्रतियोगिता लुम्बिनी फुटसल चुच्चेपाटीमा आयोजना हुनेछ ।