आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

के जर्मनी गल्ती सच्चाउन तयार होला ?

शनिबार, ०९ असार २०७५बिक्रम बुढा क्षेत्री
के जर्मनी गल्ती सच्चाउन तयार होला ?
Classic Tech Internet Ad

काठमाडौं । विश्व विजेता जर्मनीले हारबाट रुसी बिश्वकपको यात्रा सुरुवात गरेको छ । विश्वकप विजेता पहिलो खेलमै पराजित हुने इतिहासमा जर्मनीले समेत नाम लेखाएको छ । यसअघि तीन राष्ट्रले भोगेको नियति जर्मनीले समेत व्यहोरेको छ ।

पहिलो खेलमा १–० ले हारेको जर्मनी विश्व बिजेताको ताज जोगाउन र नकआउट चरण पुग्न बाँकी खेलमा सुखद नतिजा निकाल्नै पर्ने बाध्यतामा छ । उसले अब स्विडेन र साउथ कोरियासंग प्रतिस्पर्धा गर्नेछ ।

एसियाली टोली साउथ कोरियालाई १–० गोलले पाखा लगाएको स्विडेन र जर्मनलाई हारको स्वाद चखाएको मेक्सिको ३ अंक सहित समुहको शीर्ष स्थानमा रहदाँ विश्वकप विजेता जर्मनी तालिकाको पुछारमा बस्न बाध्य छ ।

समुहको शीर्ष दुई भित्र रहेका मेक्सिको र स्विडेनलाई बराबरी नतिजाले पनि नकआउट चरणसम्म पुर्र्याउन सक्छ, समिकरणले त्यस्तै भन्छ ।

पहिलो खेलमा जर्मनी केही हदसम्म निरीह देखिएको थियो । लाग्थ्यो, जर्मनले अभ्यास खेल खेलिरहेको छ । ३४ औ मिनेट जादाँ मेक्सिकोका हिर्भिङ लोजानोले बललाइ जर्मनको पोस्टभित्रको दिशा दिन सफल भएपछि जर्मनी बिउझिए जस्तो देखियो । तर, उसले खेलमा फर्कने कोशिश गरेपनि मेक्सिकोको डिफेन्स र गोलरक्षकका अगाडि आत्मसमर्पण गर्न बाध्य भयो ।

जर्मनीको हारको कारण हो, अर्को टिमलाई कमजोर सम्झने 'उच्च कन्फिडेन्स' । जसको झलक २०१४ मा देखिएको थियो । सर्बियालाई कमजोर आँक्दा जर्मनले खेल हारेको थियो । त्यही नतिजा रुसी विश्वकपको पहिलो खेलमा देखिएको छ ।

अब हुने खेलहरुमा आफ्नो पुराना गल्तीबाट सिकेर जर्मनीले यसलाई सुधार गर्दै विश्व बिजेताको रुपमा प्रस्तुत हुनु जरुरी छ । समुहको दोस्रो खेलमा जर्मनीले आज मध्यरातमा स्विडेनसंग भिड्दै छ । ३ अङ्क पाएको स्विडेन रक्षात्मक खेल्दै खेललाई बराबरीतर्फ मोड्न सक्छ । किनकी खेल बराबर गरेर १ अङ्क मात्र लिदाँ उसको नकआउटमा पुग्ने सम्भावना बलियो रहन्छ ।

जर्मनीसंग आक्रमक खेल्दा अंक गुमाउने डर बोेकेको स्विडेनलाई रक्षा पङ्ती बलियो बनाउदै गोलको अवसर सिर्जना गर्नु बढी बुद्धिमक्ता हुनेछ । आफूसंग भएको राम्रो मिडफिल्डलाई प्रयोग गरि खेलमा आक्रमक बन्नु जर्मनीको एक विकल्प हो । तर, यसरी अघि बढ्दा आफ्नो रक्षापङ्तिमा समेत जर्मनीले ध्यान दिनु पर्ने देखिन्छ ।

अघिल्लो खेलमा जस्तो जर्मनीको रक्षापङ्ती खुकुलो भए स्विडेनका लागि उपयुक्त अवसर हुन सक्छ । बिश्वकपमा लयमा फर्कन र उपाधि रक्षा गर्न जर्मनीले फरवार्ड लाईनमा सुधार गर्दै मिडफिल्डका टोनी क्रुस, मेसुट ओजिल लगायतका खेलाडीको उपयुक्त प्रयोग गर्नुपर्ने हुन्छ ।

तस्विर: एजेन्सी

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

Bajaj Pulsar Motorcycle Ad
जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै