सिटीको अपराजित यात्रा कायमै
आइतबार, ३१ भाद्र २०८०खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ ।
पाँचौ खेलमा अपराजित यात्रा कायम गर्ने क्रममा सिटीले वेस्ट हाम युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार वेस्ट हामको घरेलु मैदान लण्डन स्टेडियम सिटीले ३-१ अन्तरले जित हात पारेको हो ।
सिटीको जितमा जिरिमे डोकु, बर्नाडो सिल्भा र एर्लिङ हालान्डले समान १/१ गोल गरे ।
यससँगै सिटीले लिगमा शतप्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा छ ।
पराजित वेस्ट हाम ५ खेलमा १० अंकका साथ छैटौं स्थानमा रहेको छ ।





-1771592656087.jpeg&w=3840&q=75)
-1771557471194.webp&w=3840&q=75)



-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)



