काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर समेत रहेका सञ्जय कान्त सिग्देल गण्डकी प्रादेशिक क्रिकेट संघको क्रिकेट अध्यक्षमा निर्वाचित भएका छन् ।
बुधबार भएको अधिबेशनले कास्की जिल्ला संघका अध्यक्ष समेत रहेका सिंग्देलसहित १२ सदस्यीय गण्डकी प्रदेशको कार्य समिती सर्वसम्मत रुपमा निर्वाचन गरेको छ ।
त्यस्तै प्रकाश पौडेल उपाध्यक्ष, सुमनराज कार्की सचिव र दीवाकर थापा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
देवेन्द्र प्रजु, ऋषिराम गौतम, फणिन्द्र बहादुर खड्का, धामनाथ सापकोटा, रेशम बहादुर केसी, विध्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा सदस्यमा निर्वाचित भएका छन् ।
योसँगै तीन प्रादेशिक चुनाव सम्पन्न भएको छ । सुदूरपश्चिमबाट बाशुदेव जोशी र कोशीबाट सर्वजित पाण्डे विजयी भएका थिए ।
केन्द्रको अधिवेशन आगामी असोज ५ मा हुदैछ ।