ब्रुकद्वारा कीर्तिमानी शतक प्रहार
बुधबार, भदौ ६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका ब्याटर ह्यारी ब्रुकले जारी द हन्ड्रेडमा कीर्तिमानी शतक प्रहार गरेका छन् ।
एन एस चार्जसबाट वेल्स फायरविरुद्ध ब्रुकले विष्फोटक शतक प्रहार गरेका छन् ।
ह्यारी ब्रुकले ४२ बलमा ११ चौका र ७ छक्कासहित अविजित १ सय ५ रन प्रहार गरे । उनले ४१ बलमा शतक पूरा गरेका थिए । द हन्ड्रेडको ईतिहासमा यो सर्वाधिक कम बलमा पूरा भएको शतक हो ।
ह्यारी ब्रुक आगामी महिना न्युजिल्यान्डसँग हुने चार ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डको टोलीमा छैनन् । उक्त टोलीलाई भारतमा हुने विश्वकपको अस्थायी टोलीको रुपमा समेत रहेको छ ।
ब्रुकद्वारा कीर्तिमानी शतक प्रहार









-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)



