काठमाडौं । मलेसियामा आजबाट सुरु चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले पहिला बलिङ गर्दैछ ।
मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले बलिङ रोजेको हो ।
नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यू दिएको छ ।
नेपालको प्लेइङ ११
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य