काठमाडौं । एसिया कप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।
एक होटेलमा नेपाली क्रिकेट टिमका खेलाडी र अफिसियललाई रात्री भोज को आयोजना गरेर शुभकामना दिँदै ओलीले क्रिकेटको विकासका लागि आफ्नो पनि सधैं सहयोग रहने बताए ।
डिनरमा अन्य सबै सदस्य उपस्थित भए पनि एसिया कपको टोलीमा रहेका सन्दीप लामिछाने भने सहभागी थिएनन् ।
एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्ने छ ।
नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुनेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख , कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल