क्यान्डिलाई एलपीएल एलपीएल च्याम्पियन

काठमाडौं । चौथो संस्करणको लंका प्रिमियर लिग (एलपिएल) २०२३ को फाइनलमा डम्बुला आरालाई बी लव क्यान्डि च्याम्पियन भएको छ ।
डम्बुलाले दिएको १ सय ४८ रनको लक्ष्य क्यान्डिले १९ दशमलब ५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
क्यान्डिका लागि कामिन्दु मेन्डिस ३७ बलमा ३ चौका र १ छक्कासहित ४४ रन बनाए । ओपनर मोहम्मद हरिसले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए ।
कप्तान एन्जिलो म्याथ्युजले २१ बलमा ३ चौकासहित २५ रन बनाए । दीनेश चान्डिमल २४ र आसिफ अली १९ रनमा आउट भए ।
डम्बुलाका लागि नुर अहमदले ३ तथा बिनुरा फ्रेनान्डोले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको डम्बुलाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।
उसका लागि धनन्जय डि सिल्भाले २९ बलमा ३ छक्कासहित ४० रनको योगदान दिए । सदिरा समाराविक्रमा ३० बलमा ५ चौकासहित ३६, कुशल मेन्डिस २२ रन बनाए ।
क्यान्डिका लागि चतुरंगा डी सिल्भाले २ तथा नुवान प्रदीप र मोहम्मद हसनैनले समान १/१ विकेट लिए ।
चोटका कारण क्यान्डिका नियमित कप्तान वानिन्दु हसरंगा फाइनल गुमाएका थिए । हसरंगाले प्रतियोगितामा सर्वोत्कृष्टसहित उत्कृष्ट बलर र ब्याटर दुबै अवार्ड जिते ।
उनले प्रतियोगिताभर १० खेलमा २ सय ७९ रन बनाउनुको साथै १९ विकेट लिएका थिए ।