धनगढी । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिवार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा रमेश बहादुर बोहरा बैतडी, सचीव लक्ष्मण दत्त भट्ट कंचनपुर, कोषाध्यक्ष दिनेश सिंह डोटी, सदस्यहरुमा हरी रेग्मी कैलाली, शेर सिंह खत्री बैतडी, तेज कार्की दार्चुला, अनिल कुँवर अछाम, माया रावत साउँद महिला सदस्य कंचनपुर, रमेश बहादुर चन्द डोटी, जोग बहादुर दौल्याय बझाङ्ग, बाबुराजा श्रेष्ठ कैलाली र आशिष कुमार खत्री कंचनपुर निर्विरोध निर्वाचित भएका हुन् ।
साधारणसभामा बोल्दै अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले नेपाली क्रिकेटलाई माथि पुर्याउन भारतसँग सहकार्य गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मीको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा रहेका थिए ।
विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचीव दिपक बहादुर सिंह सहित क्यान केन्द्रिय सदस्यहरु बिरेन्द्र चन्द, बिक्रम बिस्ट लगायतको उपस्थिति रहेको थियो ।