काठमाडौं । अष्ट्रेलियाका ब्याटर स्टिभ स्मिथ दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।
हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।
स्मिथ बाहिरिएपछि अष्ट्रेलियाले टी-ट्वान्टी आईमा एश्टन टर्नर र ओडिआईमा मार्नस लाबुसेनलाई टोलीमा बोलाएको छ ।
लाबुसेनको लागि विश्वकपमा स्थान बनाउन यो अवसर महत्वपूर्ण हुनसक्छ । दक्षिण अफ्रिका भ्रमणमा सानदार प्रदर्शन गर्न सके छनोटकर्ताले विश्वकपमा उनलाई सोच्न सक्छन् ।
अष्ट्रेलियाले स्मिथलाई टी-ट्वान्टी मा ओपनिङ गराउने तयारी गरेको थियो ।
अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणमा प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, क्यामरन ग्रीन र डेविड वार्नरलाई विश्वकपलाई ध्यानमा राख्दै टी-ट्वान्टी सिरिजमा विश्राम दिएको छ ।