काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का एक पदाधिकारीका अनुसार नेपाली टिमको भिजाको काम भईसकेको छ ।
उनका अनुसार मिती तय भई नसके पनि टोली ६ या ७ गतेसम्ममा जाने कार्यक्रम रहेको छ ।
नेपाली टिमले एसिया कपको अन्तिम तयारी पाकिस्तानमा गर्नेछ । नेपाली टोलीले पाकिस्तानमा केही अभ्यास खेल खेल्नेछ ।
एसिया कप आउँदो अगष्ट ३० अर्थात भदौ १३ गतेबाट सुरु हुँदैछ । जसमा पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
क्यानले एसिया कपका लागि १७ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल