काठमाडौं । जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट निर्वाचित भएका छन् ।
बिहिवार भएको जिल्ला अधिवेशनबाट बिस्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
कैलाली जिल्लामा रहेर लामो समयदेखि विभिन्न क्रिकेट गतिविधिमा सकृय रहेका बिस्टलाई पुनः जिल्ला हाँक्ने जिम्मेवारी प्राप्त भएको हो ।
यस्तै उपाध्यक्षमा शम्भु लामिछाने,सचिबमा देव नारायण झा,कोषाध्यक्षमा विक्रम लामा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रतन बहादुर कठायत,बाबुराजा श्रेष्ठ,रुपक बिस्ट,ज्ञानेन्द्र दडिमाना क्षेत्री,गणेश रजक,दिनेश महर्जन,लोक बहादुर खड्का (रबि),गोविन्द राज जोशी,पदम सिंह,सम्राट सिंह र कमल राज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।