काठमाडौं । इंग्ल्यान्डका तिव्र गतिका बलर जोफ्रा आर्चरले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।
आर्चर भारतमा वैकल्पिक खेलाडीको रुपमा रहने छन् । इंग्ल्यान्डलाई २०१९ को एकदिवसीय विश्वकप उपाधि जिताउन आर्चरले सानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गत जुनमा टोलीमा फर्किएका थिए ।
आर्चरले गत मार्चमा बंगलादेशविरुद्ध ओडिआई र टी-ट्वान्टी आई खेलको सिरिज खेलेका थिए ।
विश्वकप २०१९ मा उनले उत्कृष्ट बलिङ गरेका थिए । २०१९ को विश्वकपमा उनले ११ खेलमा २० विकेट लिएका थिए ।