काठमाडौं । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले भारतमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकपका लागि बुधबार १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
इंग्ल्यान्डले यस वर्षको आइसीसी पुरुष क्रिकेट विश्वकपका जोस बटलरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिएका अलराउण्डर बेन स्टोक्सलाई १५ खेलाडीहरूको टोलीमा समावेश गरिएको छ ।
प्रारम्भिक टोलीमा युवा ब्याट्सम्यान ह्यारी ब्रुक र तीव्र गतिका बलर जोफ्रा आर्चर समावेश छैनन्।
स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय उल्टाएर अर्को महिना न्युजिल्यान्डविरुद्ध हुने चार खेलको एकदिवसीय शृंखलामा पुनरागमन गर्ने बुधबार सार्वजनिक भएको थियो ।
सेप्टेम्बर ५ सम्म आइसीसीमा आफ्नो प्रारम्भिक विश्वकप टोली औपचारिक रूपमा पेश गर्नु पर्नेछ । भने, सेप्टेम्बर २८ सम्म थप परिवर्तन गरी अन्तिम टोली घोषणा गर्नु पर्नेछ ।
विश्वकपका लागि इंग्ल्यान्डको प्रारम्भिक टोली :
जोस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, साम करन, लियाम लिभिङस्टोन, डेभिड मलान, आदिल राशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, रिच टोप्ले, डेभिड विली, मार्क वुड र क्रिस वोक्स