काठमाडौं । न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजका लागि घरेलु टोली युएईले टोली घोषणा गरेको छ ।
मुहम्मद वासिमको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।
टोलीमा अनुभवी अलराउन्डर रोहन मुस्ताफाले भने स्थान बनाएका छैनन् ।
टोलीका कप्तान मुहम्मद वासिमले टी-ट्वान्टी आईमा कप्तानको रुपमा डेब्यु गर्दैछन् ।
न्युजिल्याण्डसँगको तीन खेलको सिरिज भोली बिहीबारबाट सुरु हुदैछ ।
युएई टोली
मोहम्मद वासीम (कप्तान), अली नसीर, अंश टंडन, आर्यांश शर्मा, आसिफ खान, अयान अफजल खान, बासिल हमीद, एथन डिसूजा, फराजुद्दीन, जश ज्ञानानी, जुनैद सिद्दीकी, लवप्रीत सिंह, मोहम्मद जवादुल्लाह, संचित शर्मा, वृत्य अरविन्द र जहूर खान