काठमाडौं। दक्षिण अफ्रिका क्रिकेट बोर्डको आयोजनामा हुने एसए ट्वान्टी लिगको दोस्रो सिजन आगामी वर्षको जनवरीमा सुरुहुने भएको छ ।
जनवरी १० देखी सुरु हुने प्रतियोगिताको फाइनल फेब्रुअरी १० मा हुनेछ ।
प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भएको छ । मंगलबार जारी खेल तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स इस्टर्न केपले जोबर्ग सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
लिगमा सनराइजर्स इस्टर्न केप, जोबर्ग सुपर किंग्स, डबर्नस सुपर जायन्ट्स, एमआई केपटाउन, पार्ला रोयल र प्रिटोरियस क्यापिटल्सको सहभागीता रहेको छ । डबल राउन्ड रोबिन हुने लिगमा ३४ खेल हुनेछ ।
खेल तालिका
