शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्रिकेटमा पनि रेड कार्ड

मंगलबार, ३० श्रावण २०८०खेलपाटी संवाददाता
क्रिकेटमा पनि रेड कार्ड
Loading ad...
mustang rice ad

काठमाडौं । अब क्रिकेटमा पनि 'रेड कार्ड' को प्रयोग हुने भएको छ ।

वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको यस्तो नयाँ नियम आउने भएको हो । 

सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा 'रेड कार्ड' को प्रयोग गरिने जनाइएको छ । यदि कुनै टिमले तोकिएको समयभित्र आफ्नो कोटाको २० ओभर पूरा नगरेमा 'स्लो ओभर रेट' अन्तर्गत यो नियम लागू हुनेछ । 

आउँदो बिहीवारदेखि शुरु हुने प्रतियोगितामा यो नियम पहिलो पटक प्रयोग हुन लागेको हो ।

सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–ट्वान्टी क्रिकेटको अवधी बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न 'रेड कार्ड' को नियम लागू गरिएको बताए ।

सीपीएलको नियमअनुसार १८ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि 'स्लो ओभर रेट' देखिएका फिल्डिङ टोलीको एक अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् । 

यसैगरी १९ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि 'स्लो ओभर रेट' देखिएमा फिल्डिङ टोलीको २ अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ६ जना खेलाडी हुनेछन् ।

यसैगरी २० औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि 'स्लो ओभर रेट' देखिएमा फिल्डिङ टोलीको १ जना खेलाडीलाई मैदान बाहिर पठाइनेछ । बाहिर को खेलाडी जाने भन्ने कप्तानले चुन्नेछन् । यस्तै सर्कलभित्र ६ जना खेलाडी रहनेछन् । 

खेल सधैँ फिल्डिङ गर्ने टिमका कारण मात्रै लम्बिँदैन । कहिलेकाहीँ ब्याटिङ गर्ने टिमका कारण पनि खेल लम्बिने गर्छ ।

यस्तो अवस्थामा अम्पायरले पहिलो तथा अन्तिम चेतावनीपछि ब्याटिङ गर्ने टिमले बदमासी गरेको पाएमा जरिवाना स्वरूप ५ रन घटाउने छन् ।

कुनै पनि टी–ट्वान्टी खेलमा एक पारी ८५ मिनेटको हुन्छ । नियमअनुसार १७ औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८ औँ ओभर ७६ मिनेट ३० सेकेन्ड, १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्ड र २० औँ ओभर ८५ मिनेटभित्र पूरा हुनुपर्छ ।

Loading ad...
LiNing Ad
क्रिकेटमा पनि रेड कार्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक