काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले इंग्ल्यान्डका चर्चित स्पिनर आदिल राशिदलाई बलिङ वरीयतामा पछि पारेका छन् ।
सन्दीपको वरीयता दुई स्थान सुधार भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा रहेका छन् ।
सन्दीप २२ औं स्थानमा रहँदा इंग्ल्यान्डका चर्चित स्पिनर राशिद भने २९ औं स्थानमा रहेका छन् ।
सन्दीपले वानिन्दु हशरंगा, ,युजभेन्द्र चहल, मोहम्मद सामी लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।
बलिङ तर्फ नै सोमपाल कामी एक स्थान तल झरेर ८० औं स्थानमा रहेका छन् । अर्का बलर दीपेन्द्र सिंह ऐरी ६३ औं स्थानमा यथावत रहेका छन् ।
तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा ८७ औं स्थानमा यथावत रहेका छन् । ललित राजवंशी ९८ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेल एक स्थान तल झरेर ७४ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख पनि एक स्थान तल झरेर ८० औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलवुड शीर्ष स्थानमा रहेका छन् ।