भारतविरुद्ध ईतिहास बनाउने लक्ष्यमा वेस्ट इन्डिज
२०२३ अगस्ट ८, मङ्गलबार: १०:२९ पूर्वाह्नखेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली वेस्टइन्डिजले तेस्रो टी-ट्वान्टी खेलमा पाहुना टोली भारतको सामना गर्दैछ ।
भारत र वेस्ट इन्डिजबीचको खेल नेपाली समय अनुसार साँझ सवा ८ मा गयानामा सुरु हुदैछ ।
पाँच खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोली वेस्टइन्डिज २–० ले अघि रहेको छ ।
आज हुने तेस्रो खेलमा वेस्टइन्डिज विजयी भएका घरेलु टोलीले दुई खेल अगावै सिरिज जित्नेछ ।
आजको खेलमा हार व्यहोरेमा भारतले खराब किर्तिमान बनाउने छ ।
भारतले यसअघि कुनै पनि टोलीसँग लगातार तीन खेल हारेको छैन ।
आजको खेल जित हात पारेमा घरेलु टोलीले २०१७ पछि भारतसँग पहिलो पटक सिरिज जित्नेछ ।
भारतविरुद्ध ईतिहास बनाउने लक्ष्यमा वेस्ट इन्डिज