क्यानको जनरल म्यानेजरका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनलरल म्यानेजर) पदको लागि दरखास्त आह्वान गरेको छ ।
क्यानले सामाजिक सञ्जाल मार्फत सुचना सार्वजनिक गर्दै जनरल म्यानेजरका लागि आवेदन मागेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले उक्त पदका लागि आवेदन दिन सक्नेछन् ।
पदका लागि इच्छुकहरुले यही अगष्ट १७ सम्म दरखास्त दिन सकिने क्यानले जनाएको छ ।
क्यानको दैनिक काम हेर्ने, क्रिकेटका विभिन्न स्टेकहोल्डर्सहरुसँग राम्रो सम्बन्ध कायम गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र एसियन क्रिकेट काउन्सिलसँग राम्रो सम्बन्ध कामय गर्ने लगायत जनरल म्यानेजरका दायित्व हुनेछ ।
उक्त पदका लागि मास्टर डिग्री अध्ययन गरेको र कम्तीमा तीन वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने क्यानले उल्लेख गरेको छ ।
यसअघि क्यानका जनरल म्यानेजर रहेका वृतान्त खनालले राजीनामा दिएपछि क्यानले नयाँ जनरल म्यानेजरका लागि आवेदन खुलाएको हो ।