बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. किरणको प्रस्ताव, ‘मिलेर जाऔं’, शेर्पाको जवाफ ‘इमेज सुधार्नुस्’

किरणको प्रस्ताव, ‘मिलेर जाऔं’, शेर्पाको जवाफ ‘इमेज सुधार्नुस्’

२०२३ अगस्ट १, मङ्गलबारखेलपाटी संवाददाता

किरणको प्रस्ताव, ‘मिलेर जाऔं’, शेर्पाको जवाफ ‘इमेज सुधार्नुस्’

काठमाडौं । फुटबलमा देखिएको जारी गतिरोध अन्त्य गर्ने सन्दर्भमा एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव किरण राईबीच भेटवार्ता भएको छ । कार्यसमिति बैठकअघि विवाद बढ्न थालेपछि महासचिवको हैसियतमा किरण राईले पूर्व अध्यक्ष शेर्पासँग सोमबार भेटवार्ता गरेका हुन् । दुवैले भेटघाटको पुष्टि गर्दै फुटबलमा वर्तमान अवस्थाबारे छलफल भएको उल्लेख गरेका छन् ।

महासचिव राईले फुटबलमा आम सहमती जुटाएर अघि बढ्नुपर्ने प्रस्ताव शेर्पा समक्ष राखेका थिए । ‘न्युनतम के हुन्छ अथवा अधिकतम के हुन्छ, एउटा सहमती जुटाएर जानुपर्यो । फुटबललाई राम्रोसँग अघि बढाउन वर्तमान अध्यक्ष समेत सकारात्मक हुनुहुन्छ । यसमा तपाईको पनि सकारात्मक भुमिका हुनुपर्यो ।’ राईले प्रस्ताव गरेका थिए । 

उनले फुटबललाई राम्रो बनाउन सहकार्य गर्नुको विकल्प नभएको भन्दै कसरी अघि बढ्ने भनेर शेर्पासँग सोधेका थिए । ‘यसरीनै जाने हो भने कोही ब्यक्तिले जित्ला, कसैले हार्ला । तर फुटबल सक्किन्छ । यसलाई सुधार गर्नुको विकल्प छैन ।’ राईले भनेका थिए ।

छलफलमा पूर्व अध्यक्ष शेर्पाले फुटबलको इमेज सुधार गर्न आग्रह महासचिव राईसँग आग्रह गरेका थिए । ‘फुटबलको इमेजनै बिग्रिएको अवस्थामा छ । सबैभन्दा पहिला यसलाई सुधार गर्नुस् । फुटबलको इमेज नसुधारेसम्म सहकार्य गर्न सकिदैन ।’ छलफलमा शेर्पाले भनेका थिए, ‘सुशासनको कुरा गर्नेले आपतकालिन बैठक राखेर एजेण्डा पास गराएर र लोभी पापीबाट बहुमत पुर्याएर कहिलेसम्म फुटबल चलाउनुहुन्छ ?’

उनले एन्फा नेतृत्वले सबैलाई मिलाएर लैजान आवश्यक रहेको बताएका थिए । ‘मेरो समूहमा भएकै कारण क्षमता भएका साथीहरुलाई जिम्मेवारीबाट बञ्चित गरिएको छ । पेलेर मात्र फुटबल चल्दैन । सबैसँग छलफल गर्नुस्, एजेण्डामा सहमती गर्ने भए फुटबलको इमेज सुधार गर्नुस् ।’ शेर्पाको भनाई थियो । 

उनले उपाध्यक्ष दिर्घबहादुर केसी (कुमार), रुपेश अधिकारी, रमेश ब्यन्जनकार, रबिन चन्द लगायतको नामै लिएर आफ्नो समूहमा भएकै कारण सक्षमहरुलाई जिम्मेवारीबाट बञ्जित गरिएकोमा असन्तुष्टि जनाएका थिए । 

महासचिव राईले आफुहरु मिल्नुको विकल्प नरहेको दोहो¥याउँदै सहमती गरेर अघि बढ्न शेर्पासँग अनुरोध गरेका थिए । उनले सहमती नबनेको खण्डमा तानतुन पारेर फुटबल चलाउनुको विकल्प नहुने कुुरा शेर्पासँग प्रस्टसँग राखेका थिए ।  

शेर्पाले आपतकालिन बैठक राखेर वार्षिक कार्यक्रम पास गरेकोदेखि पूर्वाधार विकासको बजेट रकमान्तर गरेर प्रतियोगिता, कार्यक्रममा खर्च गरिएको भन्दै राईसँग असन्तुष्टि पोखेका थिए । शेर्पाले नेतृत्वलेनै सबैलाई मिलाएर लैजान अग्रसर हुनुपर्ने भन्दै आफ्ना समुहका कार्यसमितिका पदाधिकारी र सदस्यसँग छलफल गरेर अघि बढ्न राईलाई सुझाव दिएका थिए । 

कुनै समय एउटै आन्दोलन र प्यानलबाट फुटबलको सत्तामा उदाएका शेर्पा र वर्तमान अध्यक्ष पंकज बिक्रम नेम्वाङ पछिल्लो समय संवादहिनताको अवस्थामा छन् । शेर्पालाई हराउँदै एन्फाको नेतृत्वमा आएका नेम्वाङलाई फुटबल चलाउनै सकस परिरहेको छ । प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका शेर्पा र नेम्वाङको एन्फाभित्र बेग्ला बेग्लै समूह छ । पूर्व अध्यक्ष गणेश थापाको प्यानलबाट चुनाव जितेका अधिकांश पदाधिकारी पछिल्लो समय शेर्पा र नेम्वाङ समूहमा बाँडिएका छन् । आफ्ना भनिएका सबै पदाधिकारी लाखा–पाखा लागेपछि फुटबल बाहिरका मान्छे जम्मा पारेर पूर्व अध्यक्ष थापाले ‘फुटबलमा आमुल परिवर्तनको अभियान’ चलाएर बसेका छन् ।

एन्फाको सत्ता राजनीतिमा बराबरीको हैसियतमा रहेका शेर्पा र नेम्वाङ दुवैसँग स्पष्ट बहुमत देखिदैन । केही अवसरवादीले दुवै समूहमा रहेर चलखेल गर्दै फुटबलबाट प्रशस्त लाभ लगिरहेका छन् । फुटबलमा देखिएको गतिरोधबाट आजित भएका महासचिव राईले पूर्व अध्यक्ष शेर्पासँग भेटेर सहकार्यको प्रस्ताव गरेका हुन् । पछिल्लो भेटले संवादहिनताको अवस्थामा रहेका दुई समूहमा छलफलको ‘ब्रेक थ्रु’ गरेको छ । 
 

#किरण #शेर्पा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

Bhat Bhateni
नक्कली फुटबलर बनेर पाकिस्तानबाट २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर पाकिस्तानबाट २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा