सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अनुशासन गुमाउँदै भलिबल

सोमबार, ०१ श्रावण २०८०हेम राज हमाल
अनुशासन गुमाउँदै भलिबल

पत्रकारमाथि कुटपिटमा उत्रिएका भलिबलका अमृत क्षेत्री । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

खेलकुदमा अनुशासनको आयतन सर्वाधिक ठुलो हुन्छ । खेलाडी मात्र होइन मानव जातिलाई नैतिक परिधिभित्र बाध्ने सबैभन्दा प्रभावकारी माध्यम हो, अनुशासन । अझ खेलाडी र अनुशासन एक अर्काको पर्यायनै हुन् । एउटा उत्कृष्ट खेलाडीको परिचय उसको शालिनतामा देखिन्छ । 

आत्म अनुशासन खेलाडीको जीवनमा सफलताको पुल हो । खेलाडी र सामान्य मानिसको बिचमा अन्तर छुट्याउने तत्व हो । त्यसैले कुनै पनि खेल जित्नुपुर्व खेलाडीले आफुलाई जितेको हुनुपर्छ । तब न खेलाडी राष्ट्रका गहना, तब समाजका आदर्श । 

नेपाली खेलकुदमा पछिल्ला केही दिन खेलकुदको मूल मर्मलाई नै आघात पुग्नेगरी बितिरहेका छन् । स्वयं खेलाडीको अनुशासनको कमजोर जग उजागर भएको छ । खेलाडीमा धैर्यता, संयमता र सम्मान कुनै पनि नैतिक विशेषण नरहेको उनीहरुको व्यबहारले देखाएको छ । 

भलिबल नेपालको राष्ट्रिय खेल हो । मतलब सिंगो राष्ट्रले अपनाएको खेल । खेलकुद क्षेत्रले सर्वमान्य विशिष्ट श्रेणीमा राखेको खेल । हिमाल, पहाड, तराइमा खेलिने खेल । के भौगोलिक, के सामाजिक ? सबै अवस्थालाई प्रतिनिधित्व गर्न सक्ने भएकाले भलिबलले यो दर्जा पाएको हो । यस खेलको लोकप्रियता एउटा उदाहरण हो । कुनै पनि देशको राष्ट्रिय खेल त्यो देशको चिनारी हो । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगले देश तथा बिदेशमा कस्तो चिनारी दियो ? यो बहसको बिषय बन्नु पर्छ ।

यहाँ अनुशासनको धज्जी उडेको छ । खेल भावनाको मजाक उडाइएको छ । खेलकुदको सार नियमलाई ध्वस्त पारिएको छ । प्रतियोगिता त भैरहन्छन् । एउटा टोलीले जित्ने, अर्कोले हार्ने, अन्तिम नतिजा त छदैछ । कम्तिमा यसकै आधारमा मात्र सभ्य र भव्य भन्न नमिल्ला । प्रतियोगिता कत्तिको सौहार्दपुर्ण रह्यो, कत्तिको विवादरहित रह्यो भन्ने कुराले पनि यसको सफलतामा भूमिका खेल्छ । बर्षेनी आयोजना गरिरहँदा कति नयाँ प्रयोग गरिए, प्रतियोगिता के कुरामा सुधारोन्मुख रह्यो ? यी कुराहरुको समिक्षा नहुने भन्ने हुदैन ।

समर्थक बिनाको खेलकुद कल्पना गर्न नसकिने कुरा हो । खेलकुदमा सबैभन्दा ठुलो स्थायित्व समर्थक हो । तर एनभिए राष्ट्रिय क्लब लिगमा समर्थकमाथि नै खेलाडी जाइलागे । मुक्का पनि प्रहार गरे । त्यो पनि विभागीय टोली आर्मीका खेलाडीले । आर्मी जसले अनुशासनलाई नै आफ्नो प्रमुख मन्त्र मान्दछ । तर भलिबल खेलाडीले संयमता गुमाउँदा आर्मी बदनाम हुन पुग्यो । बेला बखतमा दोहोरिरहने यसै घटनाले भलिबलका विभागीय टोली र समर्थकबीचको सम्बन्ध झनै खराब बन्दै गैरहेको छ । देशको भलिबल समर्थक र विभागीय टोली पहिल्यैदेखि मिलनसार नभएको वास्तविकता हो तर आवेशमा आएर आर्मीका खेलाडीले अनुशासन तोड्दै समर्थकमाथि हातपात गर्नुले न त खेलाडीको ब्यवसायीकता देखाउँछ, न सहिष्णुता ।

भोलि राष्ट्रिय जर्सीमा उत्रिदा यिनै समर्थक हुन्, जसले यिनै खेलाडीको लागि प्रार्थना गर्छन् । समर्थकमा उल्लास, आक्रोश, गुनासो, निराशा सबै हुन्छ किनकी खेल भावना पनि हो । विश्व खेलकुदमै पनि कहिलेकाही समर्थकबाट अराजक गतिबिधि भएको देखिन्छ । तर त्यो नियन्त्र गर्ने जिम्मेवारी प्रहरी र प्रशासनको हो । खेलाडीले यस्तो स्थितिमा संयमता देखाउनु पर्छ । टाढा बस्नु पर्छ । तर होइन खेल दौरान, खेल्न छाडेर दर्शक दीर्घामा उफ्रिदै गएर दर्शकसँग कुस्ती खेल्नु राम्रो खेल संस्कार हुन सक्दैन । 

सो घटना पछि नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोली तथा आर्मी स्पाइकर धनबहादुर भट्टलाई ६ महिना, आर्मीकै राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३/३ महिनाको प्रतिबन्ध लगाएको गाँइगुई छ । हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ । गत महिना मात्र हरि हजुर राष्ट्रिय टोलीको कप्तान बनेका थिए । यो घटना साम्य हुन नपाउदै लिगकै फाइनल खेलमा अर्को लाजमर्दो घटना दोहोरियो । खेलाडीहरुले आफ्नो मर्यादा बिर्सेर गुण्डा (चलनचल्तीको भाषामा) शैलीमा उत्रिए । यसपटक खेलाडीको बिबाद थियो, पत्रकारसँग । 

सिधा लाइनमा नेपाली खेलकुद र खेल पत्रकारिता एक रथका दुई पांग्रा जस्तै हुन् । बर्तमान समयसम्म आइपुग्दा यो सम्बन्ध यति बिघ्न बनिसकेको छ कि सायद एक अर्काको अस्तित्वसँगै जोडिएर आउला। खेलकुद पत्रकारिता बिना खेल क्षेत्र बिकसित हुन्छ भन्ने धारणा यदि कहीं छ भने त्यो यथार्थ भन्दा कोशौं टाढा छ। अब तिनै पत्रकारलाई खेलाडी नै कुट्न दौडिदाको दृश्य कल्पना गरौँ त अहो ! साह्रै असुहाउदो देखियो।   

शनिबार दिउँसो सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको फाइनल खेल चलिरहँदा दशरथ रंगशालास्थित कभर्डहलमा अवस्था तनावग्रस्त बन्न पुग्यो। दर्शक कुटेको विषय सेलाउन नपाउँदै घरेलु भलिबलमा खेलाडीले पत्रकारमाथि हातपातको प्रयास गरे । प्रधानमन्त्री कप क्लब लिग भलिबल च्याम्पियनसिपको अन्तिम दिन फाइनलमा हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीबाट खेलपाटीका संवाददाता रहेका खेल पत्रकार विशाल पन्थमाथि आक्रमणको प्रयास भयो । धन्न ! उपस्थित पत्रकार, सुरक्षाकर्मीले रोकेपछि पत्रकार पन्थमाथि कुटपिट हुन भने पाएन । यतिमात्र होइन उनले अपशब्द बोल्दै गालीगलौच समेत गरे । 

यो जुनसुकै खेल हुन्थ्यो, जुनसुकै खेलाडी हुन्थे भनेपनि निन्दनीय नै हुने थियो । तर यस्तो घटना कुनै गाउँ, टोलमा हुने भाले कप, खसी कप प्रतियोगितामा घटेको थिएन । यो घटना नेपाल भलिबल संघले आयोजना गरेको, त्यसमाथि प्रधानमन्त्री नै जोडिएको राष्ट्रिय लिगमा घट्यो । घतलाग्दो कुरा त के भने यस्तो एकै प्रतियोगितामा कसरी दोहोरिएर भयो । 

यी घटनाले केहि गम्भीर प्रश्नलाई जन्म दिएका छन् । हामी भलिबलमा आइरहेका नयाँ पुस्ताका युवा खेलाडीलाई कस्तो मार्गनिर्देश गरिरहेका छौ ? टिकेट काटेर खेल हेर्न आएका दर्शकलाई पिटेर कस्तो खेल संस्कार विकास गरिरहेका छौ ? नेपाली खेलकुद पत्रकारितामा केहि गर्छु, देशको खेलमा केहि योगदान दिन्छु भनेर आएका पत्रकारलाई झम्टेर कस्तो संदेश दिन खोजिरहेका छौ ? जवाफ खोज्ने काम तपाइको । 

राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भरिपुर्ण स्थानमा यति ठुलो स्तरको प्रतियोगिता भैसकेपछि आगन्तुक सबैलाई सुरक्षाको प्रत्याभूति दिन सक्नु पर्छ । कमसेकम अनुभूति त गराउनु पर्छ । बेलैमा एउटा भलिबलकै लागि भनेर छुट्टै कभर्डहल निर्माण गरिदिएको भए यस्ता घटना देखिने थिएनन् कि । राष्ट्रिय खेल घोषणा गरिदिएर मात्र हुदैन भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मेवारीबाट किन पन्छिनु भएको ? एउटा कभर्डहल निर्माणमा यति ढिलासुस्ती किन ?

अन्तिममा दर्शकहरु जुन खेलाडीलाई हेर्न भनेरै आउँछन् । मिडिया जुन खेलाडीकै खेल सारा देश सामु प्रस्तुत गर्छन् । त्यहि खेलाडीले उनीहरुमाथि नै आक्रमण गर्न थाल्छन् भने बाँकी देशले यस्ता खेलाडीबाट के आशा राख्नु । अब भलिबललाई खतरा खेलाडीबाटै हुन थालेको देखिन्छ । 


 

Loading ad...
LiNing Ad
#अनुशासन #भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा