काठमाडौ । सातौ महिला तथा पुरुष एनभिए क्लब भलिबल लिगमा पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपालले जितेको छ।
आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटपले उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा टिपटपले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो।
टिपटपले पुलिसविरुद्ध पहिलो सेट २५-१८ ले जित्दा दोस्रो सेट ११-२५ ले गुमाएको थियो।
त्यसपछिको तेस्रो सेट टिपटपले २५-१८ ले जित्यो। त्यस्तै अन्तिम सेट २५-१८ ले जित्दै टिपटपले खेल आफ्नो पक्षमा पारेको हो।
यो संगै प्रतियोगितामा टिपटप अपराजित बन्दै च्याम्पियन बनेको हो।