काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फ विभागिय टोली नेपाल पुलिस क्लब फाइनल पुगेको छ ।
पुलिसले समूह चरणको अन्तिम खेलमा अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको हो ।
पुलिसले एपीएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५–२२, २५–१३ र २५–१५ को सोझो सेटमा जित हात पारेको हो ।
पुलिसले आज नै हुने आर्मी र हेल्प नेपाल बीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल असार ३० गते शनिबार छ ।