नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान
सोमबार, असार ४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ ।
लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशका लागि भुटानको सामना गर्ने भएको हो ।
माल्दिभ्सको मालेमा नेपाल र भुटानबीचको खेल भोलि मंगलबार ९:१५ बजे राति हुनेछ ।
लिग चरणको पहिलो खेलमा नेपाललाई भुटानले ६१-५५ ले हराएको थियो ।
सेमिफाइनलमा नेपाल भुटानसँग उक्त खेलको बदला लिन चाहन्छ ।
त्यसपछि नेपालले लगातार तीन खेल जितेको थियो ।
अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् ।
नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान












-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)