शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सद्भावलाई दुई स्ट्रोकको अग्रता 

बिहिबार, २५ जेठ २०८०खेलपाटी संवाददाता
सद्भावलाई दुई स्ट्रोकको अग्रता 
Classic Tech Internet Ad

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्य दुई स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा रहेका छन् । अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाएका हुन् । 

सद्भावले तेस्रो दिन पनि ७-अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले ।‌ समग्रमा १६ अन्डर २०० को सानदार स्कोरमा 

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारे। दोस्रो दिनका संयुक्त लिडर सुबाश ५-अन्डर ६७ खेल्दै समग्रमा १४-अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा तल झरे । प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन्। 

२-अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ  समग्रमा ८-अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्र बहादुर राईले तेस्रो दिन १-अन्डर ७१ को स्कोर गरे। समग्रमा  ७-अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन्।‌

समग्रमा ५-अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। आज दिनेशले ४-अन्डर ६८ र भुवनले १-अन्डर ७१ मा खेल सकाए। इभन-पार ७२ को स्कोरमा समग्रमा ३-अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे। 
पुर्ण प्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २-अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे। पुर्णले ६-अन्डर ६६ र  शिवरामले १-ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३-ओभर ७५ को स्कोर निकालेका तोरण बिक्रम शाही समग्रमा १-अन्डर २ सय १५ सहित १०औं स्थानमा छन्। 

एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन्। आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३-ओभर २ सय १९ स्कोर बनाए। 

युवा गल्फर सदभावले लगातार दोस्रो दिन ७-अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। सदभावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे। उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। 

सुबाशले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा एक-एक सट बचाए। छैटौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन भने १-अन्डर ३५ मा पुरा गरे। १२औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १०औं र १४औं होलमा एक-एक सट खेर फाले। 

नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे। पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए। ११औं र १२ औं होलमा एक-एक सट बचाए। तर १४ औं र १६ औं होलमा बोगी खेप्दा १५औं होलमा ट्रीपल बोगी प्रहार गरे। 

शुक्रले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन-पार ३६ मा सकाए । उनले पहिलो, चौथों, नवौं, १५ औं र १७ औं होलमा एक-एक सट बचाए । सातौ, आठौं, ११ औं र १३ औं होलमा बोगी खेपे ।

Bajaj Pulsar Motorcycle Ad
सद्भावलाई दुई स्ट्रोकको अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य