बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

मंगलबार, २३ जेठ २०८०खेलपाटी संवाददाता
राइजिङ स्टार टेनिस प्रतियोगिता हुने
Loading ad...
mustang rice ad

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । 

राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो ।

जुनियर्स र सिनियर्स दुवै विधा समावेश गरिएको प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ । 
प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ । 

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले बताएका छन् । जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ । 
 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश