जोकोभिचको विजयी सुरुआत
मंगलबार, १६ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसमा विजयी सुरुआत गरेका छन् ।
पेरिसमा सोमबार राति अमेरिकाका एलेक्सान्डर कोभासिभिकलाई हराउँदै जोकोभिचले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले एलेक्सान्डरलाई ६-३,६-२ र ७-६ (७-१) ले पराजित गरे ।
जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।
युएस ओपन च्याम्पियन कार्लोस अल्कारेज समेत दोस्रो चरणमा प्रवेश गरेका छन् ।
जोकोभिचको विजयी सुरुआत







1686853912-1760864621059.avif&w=3840&q=75)





-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)