लखनउको सानदार ब्याटिङमा पन्जाबलाई २५८ रनको लक्ष्य

काठमाडौं । लखनउ सुपर जायन्ट्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्सलाई रनको २ सय ५८ लक्ष्य दिएको छ ।
पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लखनउका लागि मार्कस स्टोईनेसले ४० बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय ईनिङ खेले । मार्कसले तेस्रो विकेटका लागि आयुष बदोनीसँग ४७ बलमा ८९ रनको बिस्फोटक साझेदारी गरे ।
बदोनीले २४ बलमा ३ चौका तथा ३ छक्काको सहयोगमा ४३ रन बनाए । ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
निकोलस पुरनले १९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । मार्कस र पुरनले चौथो विकेटका लागि ३० बलमा ७६ रनको साझेदारी गरे ।
लखनउले अन्तिम पाँच ओभरमा २ विकेट गुमाएर७३ रन बनाएको थियो । दिपक हुडाले अविजित ११ रन बनाए ।
पन्जाबका लागि कागिसो रबाडाले २ तथा अर्शदिप सिंह,लियम लिभिङ्स्टोन र साम करनले समान १/१ विकेट लिए ।
पन्जाबले लिगको सुरुआतमा देखाएको लय पछिल्ला केही खेलमा गुमाएको छ । पन्जाब सात खेलमा चार जित र तीन हारका साथ छैटौं स्थानमा रहेको छ ।
लखनउ यस खेलमा जित हात पारी शीर्ष स्थानको दावेदारी पेश गर्न चाहन्छ । लखनउ सात खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
अघिल्लो खेलमा पन्जाबले मुम्बई ईन्डियन्सलाई हराएको थियो । लखनउ भने गुजरात टाईटन्ससँग पराजित भएको थियो ।
यि दुई टोलीबीच जम्मा दुई खेल भएकोमा दुवै टोलीले एक एक खेल जितेका छन् ।
यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पन्जाबले २ विकेटको रोमान्चक जित हात पारेको थियो ।