तेस्रो खेलमा नेपाल विजयी
२०२३ अप्रिल २८, शुक्रबारखेलपाटी संवाददाता
काठमाडौं । दोस्रो नेपाल-भारत दुईदेशीय टी-ट्वान्टी महिला क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई भारतले २ सय १४ रनको लक्ष्य दिएको थियो ।
भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन जोडे । नेपालका लागि निशा चौधरीले १ विकेट लिए भने भारतका ४ खेलाडी रनआउट भएका थिए।
जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि विनिता पुनले ६७ वलमा नट आउट १२६ रन जोडिन । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५ रन जोड्दा र मुना अर्याल ४ रनमा अविजित रहिन् ।
तेस्रो खेलको जितसँगै नेपाल पाँच खेलको सिरिजमा २-१ ले अघि रह्यो ।
तेस्रो खेलमा नेपाल विजयी