काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवतेसँग खेल्ने भएको छ ।
कुवेत समूह बी को निर्णायक खेलमा हङकङलाई पराजित गरि उपविजेता बन्दै सेमिफाइनलमा पुगेपछि नेपालले सेमिफाईनलमा कुवेतसँग खेल्ने भएको हो ।
बिहिबार भएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोलीसँगको भेट पक्का गरेको हो । यससँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । त्यस्तै अर्को सेमिफाइनलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।
समूह बी मा कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । समान अंक भएको युएई समूहको शीर्ष स्थानमा रह्यो ।
सेमिफाइनल खेल शनिबार हुनेछ । तर कुन सेमिफाइनल खेल कहाँ हुने पक्का भने भएको छैन ।