मेयर कप वादो कराते भोलि
शुक्रबार, बैशाख ८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा कातासहित पुरुष÷महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
एकदिने प्रतियोगिताका खेलहरु ठैबस्थित ब्लु बर्ड स्कुलमा हुनेछ । प्रतियोगितालाई लक्षित गरी शुक्रबार सेमिनार पनि सम्पन्न भएको छ । सेमिनारमा २५ निर्णायक सहभागी थिए ।
मेयर कप वादो कराते भोलि






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







