बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

शुक्रबार, ०१ बैशाख २०८०खेलपाटी संवाददाता
राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो
mustang rice ad

धनगढी । धनगढीमा भएको पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा वागमती प्रदेशले एक स्वर्णसहित पाँच पदक जित्दै पहिलो हुन सफल भएको छ ।

धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा वागमतीले एक स्वर्ण, दुई रजत र २ कास्य पदक जितेको हो । वागमती प्रदेशका लागि सेभर पुरुषतर्फ सिनियर खुला विधामा पायस योन्जनले स्वर्ण जितेका हुन् ।

यस्तै सेभर महिला तर्फ सिनियर खुला विधामा वागमतीका खेलाडी सोफीया चन्दले रजत जितेकी हुन् । सोही विधामा वागमतीकै गोमा आचार्यले कास्य जितिन् । इपी महिलातर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा वागतमतीका अस्मीता घिसिङले रजत र सोफीया चन्दले नै कास्य हात पारेकी थिइन् । वागमतीले इपी पुरुषतर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा भने कुनै पदक जित्न सकेन ।

विभागीय टोली सशस्त्र प्रहरी क्लवले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक जित्यो । एपीएफ क्लवका लागि सेभर महिलाातर्फ सिनियर खुला विधामा सुपमाया घिसिङले स्वर्ण जितेकी हुन् । यस्तै सेभर पुरुषतर्फ सिनियर खुला विधामा एपीएफ क्लवका खेलाडी राजेन्द्र गजुरेलले रजत र खेमराज खत्रीले कास्य पदक जिते । सेभर महिलातर्फ सिनियर खुला विधामै एपीएफकी उर्मीला लामाले कास्य जितिन् ।

गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य जित्न सफल भयो । उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा स्वर्ण जितेकी हुन् । गण्डकीले इपी पुरुषतर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा यस्तै सचिन खत्रीले रजत र कुमार मल्लले कास्य पदक हात पारे ।

गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य जित्न सफल भयो । उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा स्वर्ण जितेकी हुन् । गण्डकीले इपी पुरुषतर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा यस्तै सचिन खत्रीले रजत र कुमार मल्लले कास्य पदक हात पारे ।

सुदूरपश्चिम प्रदेशले पनि एक स्वर्ण र दुई कास्य जित्यो । सुदूरपश्चिमका लागि इपी पुरुषतर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा लक्ष्यजंग शाहीले स्वर्ण दिलाएका हुन् । सेभर पुरुषतर्फ सिनियर खुला फेन्सििङमा सुदूरपश्चिमका खेलाडी रबिन्द्र शाहले कास्य जिते । यस्तै इपी पुरुषतर्फ जुनियर २० बर्ष मुनीको फेन्सिङमा भरत देउवाले कास्य जिते ।

प्रतियोगितामा बागमती, कोशी,  गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका ७७ खेलाडी सहभागि थिए । विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागि थियो । ईपीमा २० बर्षमुनी उमेरका महिला र पुरुष दुवै विधामा खेल भएका थिए । यस्तै सेबरमा खुल्ला तर्फ महिला र पुरुष गरी दुबै विधामा खेल भएका  थिए ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले फाइनलमा खेलको अवलोकन गरेका थिए । उनले प्रदेश सरकारले बनाउने बजेटमा खेलकुदलाई प्राथमिता दिइने बताएका थिए । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले सुदुरमा महत्वका साथ खेल र खेलाडीकाृ विकासमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

आयोजक फेन्सिङ संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न प्रदेश सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए । उनले खेलमा सहभागि हुन आउने सबैलाई बधाई तथा शुभकामना दिए ।

प्रतियोगिताका विभिन्न विधामा स्वर्ण जित्नेले नगद १५ हजार, रजत जित्नेले १० हजार र कास्य जित्ने खेलाडीले ५÷५ हजार पुरस्कार पाएका थिए ।

LiNing Ad
राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित