एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट
बिहिबार, ०७ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट भएका छन् ।
नेपाल फेन्सिङ संघले आयोजना गरेको छनोटबाट ६ खेलाडी छानिएका हुन् ।
बसुन्धारास्थित पूर्व प्रहरी संगठनको हलमा भएको छनोटबाट ३ पुरुष र ३ महिला खेलाडी छनोट भएका हुन् ।
साबर पुरुषतर्फ उपेन्द्र शाही, राजेन्द्र गजुरेल र पायष योञ्जन छनोट भए ।
फोयल महिलातर्फ गोमा आचार्य, अनिता अधिकारी र मंन्दिरा थापा रहेका छन् ।
एसियन गेम्स आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।
एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट








-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
